२०८२ असार २६ गते शुक्रवार

आफ्नै साथीको कुटाईबाट गम्भीर घाइते भएका विशालको मृत्यु



आफ्नै साथीको कुटपिटबाट घाइते भएका १४ वर्षीय विशाल गिरी मृत्यु भएको छ उनको रुकुमको बाफिकोट घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना बस्ने विशाल गिरीको साथीको कुटपिटबाट मृत्यु भएको हो । गिरीलाई जेठ १९ गते बेलुकी तुलसीपुर ९ बेलुवामा उनकै साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका विशाललाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको थियो । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य रानाले हामीलाई बताउनुभएको छ

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बिहिवार