२०८३ असार १२ गते शनिवार

हिमाल एकेडेमीको स्कुल प्राङ्गणमा शिक्षक माथि धारिलो हतियार प्रयोग गर्ने युवक पक्राउ



हिमाल एकेडेमीको स्कुल प्राङ्गणमा शिक्षक माथि धारिलो हतियार प्रयोग गर्ने युवक पक्राउ परेका छन ।बैशाख १९ गते बिहान करिब १०:१५ बजे हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी २१ वर्षीय सुरेश बि.क.ले धारिलो हतियार प्रहार गरेका गरि फरार रहेका थिए प्रहरीका अनुसार बि.क.ले श्रेष्ठको घाँटी, हात लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते श्रेष्ठको हाल उपचार भइरहेको छ।घटनापछि फरार रहेका बि.क.लाई खोजतलासका क्रममा तुलसीपुर–४ हलुवारस्थित सडकबाटोमा प्रहरीले बैशाख २० गते साँझ करिब ८:४५ बजे पक्राउ गरेको हो।पक्राउ परेका बि.क.लाई हाल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।प्रहरीले घटनाको कारण खुलाउन थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २० गते आइतवार