दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा श्रिमानको मृत्युपछि शोकमा रहेकी श्रीमतीको समेत दुःखद निधन भएको छ। ८२ वर्षीय नारायण आचार्यको वैशाख ८ गते घरमै १२ बोरको २ नाले बन्दुकको गोली लागेर मृत्यु भएको थियो।
घटनापछि शोकमा रहेकी उनकी ६० वर्षीया श्रीमती भगवती शर्मा (आचार्य) आज शनिबार बिहान अचानक बिरामी परेकी थिइन्। उनलाई उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर दाङमा लगिएको थियो। उपचारकै क्रममा बिहान ९ बजे उनको पनि निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
६ दिनको अन्तरालमा एकै घरमा भएको श्रिमानको -श्रीमती निधनले स्थानीय समुदाय शोकमा डुबेको छ।
प्रकाशित मिति : २०८२ बैशाख १२ गते शनिवार








