२०८२ चैत्र १ गते सोमवार

दाङको तुलसीपुरबाट एकजना बृद्ध बेपत्ता



तुलसीपुरबाट एकजना बृद्ध बेपत्ता भएका छन् । तुलसीपुर–३ दमारगाउँ निवासी अन्दाजी ७६ बर्षीय धन बहादुर श्रेष्ठ बैशाख ७ गते शुक्रबार राती १२/१ बजेको समयमा घरबाट एक्कासी बेपत्ता भएको उहाँका भदै हितेश रेउलेले जानकारी दिनुभयो । उहाँका अनुसार घरका अन्य सदस्यहरु खाना खाएर सुतेको अवस्थामा राती घरबाट धन बहादुर एक्कासी बेपत्ता भएका हुन् ।आफन्तहरु सबै ठाउँ खोजतलास गर्दा पनी कतै फेला नपरेपछी खोजीका लागी प्रहरीलाई समेत निबेदन दिएको उहाँले बताउनुभयो । बेपत्ता श्रेष्ठले नेपाली झण्डा भएको झोला बोकेको पाइएको छ । उहाँलाई देख्नुहुने जो कोहीले पनी नजिकको प्रहरी कार्यालय अथवा मोबाइल नम्बर ९८४७८७८१८१ मा सम्पर्क गर्न उहाँकी छोरी माया श्रेष्ठ डाँगीले अनुरोध गर्नूभएको छ

प्रकाशित मिति : २०८२ बैशाख ६ गते आइतवार