२०८२ बैशाख ४ गते शुक्रवार

तुल्सीपुरमा युवाहरूको आक्रोश, बाटो सुधारको माग गर्दै आन्दोलनको चेतावनी



तुल्सीपुर, दाङ — लामो समयदेखि अलपत्र परेको तुल्सीपुर पिपल बोर्ड–आलुमण्डी हुँदै रानीजरुवा जोड्ने मुख्य सडकको अवस्था सुधार नहुनुमा आक्रोशित स्थानीय युवाहरूले आन्दोलनको घोषणा गरेका छन्।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केही समयअघि सो सडकमा होलिको अर्को दिन देखि  नै कालोपत्रेको काम सुरु हुन्छ’ भन्ने आश्वासन दिएका थिए। तर वैशाख महिनासम्म आइपुग्दा पनि कुनै काम नभएपछि स्थानीयहरू आक्रोशित भएका हुन्।

बाटो निर्माण संघर्ष समितिका युवाहरूले आक्रोशित हुँदै भने बारम्बार हामीलाई झुक्याउने आश्वासन मात्रै दिने काम नगर्ने हामी यस्तो खालको सरकारको नियतलाई सहन नसक्ने भन्दै  । संघर्ष समितिका अध्यक्ष जी. बि. Gm ले । आफ्नो फेसबुकमा लेख्दै ।आन्दोलनको घोषणा गरेका हुन्।

वैशाख ३ गते पिपलबोट आलुमण्डी हुँदै रानीजरुवा जोड्ने सडक खण्डमा ३ घण्टा बन्द गर्ने र वैशाख ४ गते तुल्सीपुरका चारवटा मुख्य चोकहरूमा ४ घण्टा बन्द गर्ने जानकारी दिएका छन्। साथै, यदि अझै पनि आवाज नसुनिएको खण्डमा सम्पूर्ण तुल्सीपुर बन्दको कार्यक्रम ल्याइने चेतावनी पनि दिएका छन्।

Screenshot

सङ्घर्ष समितिका अनुसार, स्थानीयहरूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरोकारवाला निकायहरूले आश्वासन बाहेक कुनै ठोस काम नगरेको गुनासो गरेका छन्। ‘अब केवल आश्वासन होइन,। काम चाहिएको हो’, भन्दै स्थानीय युवाहरुले  स्थानीयहरूले आवाज उठाएका हुन्।

र त्यही क्षेत्रभित्र  व्यापारमा केन्द्रित भएका एक व्यापारीले भने। सरकारका निकायहरूले   यो आफै जानेर गर्ने काम आज युवाहरूले सरकारको काम सरकारलाई नै सम्झाएका छन्।

तुल्सीपुर पिपल बोर्डदेखि रानी रानीजरुवा सम्मको सो सडक खण्ड तुल्सीपुरको मुख्य व्यापारिक मार्ग पनि हो। त्यसैले यसको सुधार नहुनु सम्पूर्ण औद्योगिक र व्यापारिक गतिविधिमा प्रत्यक्ष असर पार्ने स्थानियहरूको भनाइ छ। उनीहरूले भनेका छन्, “यदि मुख्य व्यापारिक क्षेत्रको अवस्थै यस्तो छ भने, अरू क्षेत्रहरूको त झन् कुरै छोडौं।”

सडक सुधारको मागसहित दबावमूलक कार्यक्रम अघि सारिएको भन्दै स्थानीयहरू  अहिले एकजुट भएका छन्। यदि समयमै समस्या समाधान नभएमा आन्दोलनलाई अझ तीव्र बनाउने उनीहरूको चेतावनी छ।

र संघर्ष समितिका सदस्य दीपक काफ्लेका अनुसार उहाँहरू पूर्व मुख्यमन्त्री डिल्ली चौधरी सङ्घीय सांसद दिपक गिरी र वडा नम्बर ५ का अध्यक्ष धीरेन्द्र शाह वार्तामा बस्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख १ गते मङ्गलवार