
बाग्लुङ, २० चैत
गायक नरेन्द्र आचार्यको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नै शब्द तथा संगीतमा ‘ खै त मलाई माया गरेको गीत सार्वजनिक गरेका हुन्। बाग्लुङमा जन्मिएका नरेन्द्र गीतसंगीतलाई साह्रै रुचाउने सानै उमेरदेखि गीत संगीत गुनगुनाउने गर्थे। पछिल्लो समयमा सबै दर्शकको मन जित्ने सफल भएका छन् हाल विभिन्न मेला–महोत्सव एवं साँस्कृतिक कार्यक्रममा व्यस्त गायक आचार्यले ४ दर्जनभन्दा बढी गीत गाइसक्नुभएको छ उनका छुकछुके रेल झलिको आयो जस्ता चर्चित गीतहरू हुन्

प्रेमभाव समेटिएको उक्त गीतमा छ। गायक आचार्यको गायनमा अनु चौधरी साथ दिएकी छिन् गीत नरेन्द्र आचार्य युट्युब च्यानलमा सार्वजनिक गरिएको छ भिडियोमा नरेन्द्र आचार्य सञ्जिता र जेरी भण्डारीको अभिनय रहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते बुधवार