२०८२ बैशाख ४ गते शुक्रवार

तुलसीपुर-४ रक्षाचौर निवासी प्रकाश वली जन्मदिनको अवसरमा मानव सेवा आश्रमका वृद्ध आमाबुवालाई खाना खुवाए



तुलसीपुर, १९ चैत । तुलसीपुर-४ रक्षाचौर निवासी प्रकाश वली ६० जना मानव आश्रीतलाइ खाना खुवाएका छन । आज परेको आफ्नो जन्मदिनको अवसरमा उहाँले मानव सेवा आश्रममा गएर आश्रीत ६० जनालाइ साझको खाना खुवाएका हुन् । विशेषगरि मानव सेवा आश्रममा अनाथ, असायलगाएतका व्यक्तिहरु बस्दै आएका छन् ।  बिगतदेखिनै गरिब दुखिहरुलाई सहयोग गर्दै आएको भन्दै उहाँले अब आउने दिनमा यस्ता क्रियाकलापहरुलाइ निरन्तरता दिने बताउनुभयो । जन्मदिनको नाममा फजुल खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्ने उदेश्यले आफुले फरक तरिकाले जन्मदिन मनाएको उहाँले बताउनुभयो मानवसेवा संसारको सबैभन्दा ठुलो सेवा रहेको प्रस्ट्याउनु भएको थियो उहाँले रमणिय स्थलमा गएर जन्मदिन गर्नुभन्दा आश्रममा गएर सेवा गर्नुनै महान धर्म रहेको बताउनुभयो

 साथै अन्य देश विदेशमा रहेका संघ सस्थाहरुलाई यस्ता पुन्य काममा हातेमालो गरेर जान अनुरोध समेत गर्नुभएको छ । सो कार्यक्रममा मानव सेवा आश्रमका पधादिकारी त्यहा बस्ने आश्रीत व्यक्तिलगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते बुधवार