२०८३ बैशाख २९ गते बुधवार

तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर तुलसीपुर ३रानागाउँ निवासी ६० बर्षीया गोमा वली घाइते



तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।प्रहरीका अनुसार घरमा खाना पकाइरहेको अवस्थामा कपडाबाट सल्किएको आगोले पेट, कम्मर र साप्रालगाएतका शरिरका विभिन्न भगमा ४० प्रतिशत जलेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शनिवार