२०८३ असार १९ गते शनिवार

उद्यमशिलता, नवप्रवर्दन र स्वरोजगारका लागि युवा आन्दोलन ! सुशासन, समृद्धी र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन !!”



भन्ने मुल नारा सहित आगामी जेठ १७-१९ काठमाण्डौमा सम्पन्न हुने वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन केन्द्रित लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठक पार्टीको सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज क. चक्रपाणी खनाल ‘बलदेव’ को प्रमुख आतिथ्यतामा र संगठनको इन्चार्ज क. रामप्रसाद सापकोटा ‘दिपशिखा’ को बिशिस्ट उपस्थितिमा प्रदेश राजधानी देउखुरीमा सम्मपन भएको छ। बैठकले संगठनको सदस्यता नवीकरण तथा वितरण, इकाई गठन, वडा सम्मेलन, पालिका सम्मेलन, जिल्ला सम्मेलन र प्रदेश सम्मेलनको ठोस कार्यक्रम बनाएको छ।
सो बैठकमा ईन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले राजावादिहरुले टाउको उठाउन खोजेमा ycl ले ससक्त प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
संगठनका अध्यक्ष सुबोध राज सेर्पालिले सागंठनिक कार्ययोजना कडाइका साथ लागु गर्न बैठकलाई निर्देश गर्नुभएको छ। साथै पार्टि नेता खनालले बैठकमा पार्टिको तर्फबाट युवाहरुलाई प्रशिक्षित गर्नुभएको प्रचारप्रसार बिभाग प्रमुख नवराज ऐरले बताउनु भएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते आइतवार