२०८२ बैशाख ४ गते शुक्रवार

हाँस्यकलाकार दमन रुपाखेतीको निर्देशनमा बनेको छोटो फिल्म’असल बुहारी’ युट्युबमा सार्वजनिक



हाँस्यकलाकार दमन रुपाखेतीको निर्देशनमा बनेको छोटो फिल्म’असल बुहारी’ युट्युबमा सार्वजनिक भएको छ । पछिल्लो समय जदौं नामक सिरियलको निर्देशन गर्दै आएका रुपाखेतीले आफ्नै च्यालन दमन रुपाखेतीबाट असल बुहारीलाई सार्वजनिक गरेका हुन् ।

भिडियो रिलिज गर्नुअघि पत्रकार सम्मेलन गर्दै निर्देशक रुपाखेतीले आफूले समाजमा देखेको महिलाहरूमाथि हुने दमन र शोषणलाई फिल्ममार्फत प्रस्तुत गरेको बताएका छन् । उनका अनुसार असल बुहारी हेर्नेहरूले महिलाको सहनशिलता र त्याग बुझ्नेछन् । महिला बुहारी भइसकेपछि पाउने भूमिका र समाजमा झेल्नुपर्ने विभिन्न लाञ्छनालाई केन्द्रमा राखेर यो छोटो फिल्म बनाइएको निर्देशक रुपाखेतीले पत्रकार सम्मेलनमा बताएका छन् ।

असल बुहारीमा दमन रुपाखेती आफैले अभिनय गरेका छन् । उनका साथमा मिनु कुमाइ, उत्तम कोदे, मिना जिसी, दिलिप ढकाल, उल्का घिमिरे, दिपक रायमाझी, सुप्रिया लामा, सपना कुँवर, पवित्रा कुँवरलगायतको अभिनय रहेको छ । छोटो फिल्मको मुख्य भूमिका अर्थात असल बुहारीमा मिनु कुमाइले अभिनय गरेकी छन् ।

फिल्म सागर खड्काले खिचेका हुन् भने सुष्मा जिम्बाको सम्पादन तथा दिलिप ढकालको लगानीमा बनेको हो । सामाजिक यथार्थमा रहेर बनाइएको हुँदा सबैले रुचाउनेमा निर्माण टिमको विश्वास छ ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते शुक्रवार