
तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनमा कोषाध्यक्ष पदका स्वतन्त्र उम्मेद्धार आशिक मियाँ ले विद्यार्थीहरुको हक,अधिकार स्थापित गर्न आफुले उम्मेद्धारी दिएको बताएका छन । यही चैत्र ५ हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कोषाध्यक्षमा उम्मेद्धारी दिएका मियाँले चुनाव जितेपछी शैक्षिक सुधार र क्याम्पसमा आधारभूत सुविधाहरूको सुनिश्चितता गर्ने बताएका छन ।
उनले दबिएर रहेको विद्यार्थीहरुको आवाज उठाउनुका साथै छात्रवृतिलाई सरल तथा पारदर्शि बनाईने प्रतिबद्धता अघि सारेका छन । विभिन्न संगठनले नेतृत्व गरिरहदा विद्यार्थी अधिकार कुण्ठीत भएकोले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताएका छन । साथै विद्यार्थीको हकका लागि आफु विद्यार्थी संगै रहेकोले मतदान गर्नका लागि सबै उनले अपिल समेत गरेका छन ।
प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते शुक्रवार