२०८२ साउन १ गते बिहिवार

युवा नेता साहको पहलः लहावरथकरी स्वास्थ्य चौकी ३५लाखको लागतमा स्तरउन्नती हुने निश्चित



पर्सा— नेकपा एमालेका पकहाँमैनपुर गाउँपालिका कमिटिका अध्यक्ष तथा युवा नेता अकलेश साहको पहलमा लहावरथकरी स्वास्थ्य चौकीको स्तरउन्नती हुने कार्य निश्चित भएको छ ।


युवा नेता साहले प्रदेश सरकारसंग निरन्तर गर्दे आएको प्रयास तथा पहलका कारण लहावरथकरी स्वास्थ्य चौकीको स्तरउन्नती हुने कार्य निश्चित भएको हो ।
मधेश प्रदेश सरकारले पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर ४मा पर्ने लहावरथकरी स्वास्थ्य चौकीको स्तरउन्नतीका लागी ३५लाख रकम बजेटमा बिनियोजन गरेको हो । प्रदेश सरकारले बिनियोजन गरेको ३५लाखको लागतमा स्वास्थ्य चौकीको प्रखाल तथा गेट निर्माण गर्ने गरि स्तरउन्नतीको कार्यलाई ०८१÷०८२ को बजेटमा समावेश गरिएको हो ।


एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका युवा नेताले स्वास्थ्य चौकीको निर्माण कार्य केहि दिन भित्र बिधिवत रुपमा सुरु गरिने बताएका छन । उनले स्वास्थ्य चौकीको स्तरउन्नती गर्ने कार्यलाई बजेटमा समावेश गराउन आफु पटक पटक पहल गरेको बताए । उनले भने पालिकालाई समृद्ध बनाउने मेरो उदेश्य रहेको छ, र यस्ता कतिपय बिकास निर्माणको कामहरु आफु समावेश गराउन सफल समेत भएको जानकारी दिए ।
युवा नेता साहले २०८४ को स्थानिय निर्वाचनमा आफु भाग लिने घोषण समेत गरिसकेका छन, भने पालिकाको बिकास निर्माणको कामलाई मुल प्राथमिकतामा राखेर आफु अगाडी बढेको बताउछन । पकहाँमैनपुर गाउँपालिकामा नेपाली कांग्रेसको पाईनल जितेको अवस्था छ, तै पनि पालिकामा बिकासको गति नलिनु स्थानिय जानताको लागी दुर्भाग्य रहेको उनको दावी छ ।


काम गर्न कुनै पद आवश्यक हुदैन्न, परिवर्तन गर्न चाहना र जानताको भावनालाई बुझ्न लगनशिता हुनु जरुरी रहेको उनको धारण छ । उनले भने नेकपा एमाले जनप्रिय पार्टी हो र आफु एमालेको कार्यकर्ता भएको हुनाले जानताको पक्षमा काम गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन । उनले एमालेको समृद्ध नेपाल सुखी नेपालीको मुल नारालाई आत्मसाथ गरेर पालिकालाई समृद्ध बनाउन आफु कुनै कसर बाकी नराख्ने प्रतिबद्धता समेत जनाएका छन ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते मङ्गलवार