२०८२ असार २८ गते आइतवार

तुलसीपुरको गहतेमा सवदाह गृह निर्माण गरिदै



दाङको तुलसीपुर–३ गहतेमा सवदाह गृह निर्माण गर्न थालिएको छ । परम्परा टेलिसिरियल,न्यु भिजन परम्परा युवा क्लब र त्रिबेणि घाट ब्यवस्थापन समितिको संयुक्त पहलमा निर्माण हुने सवदाह गृहमा भैलो कार्यक्रम बाट उठेको रकम र सहयोगी मनकारी ब्याक्तित्व हरुको सहयोग संकलनले तुलसीपुर–३ को गहतेखोलास्थित त्रिवेणी घाटमा सवदाह गृह निर्माण गर्न लागेको हो । देश बिदेशमा रहेका सहयोगी दाताहरुबाट सहयोग रकम संकलन गरेर सवदाह गृह निर्माणको काम अगाडी बढाएको टेलिसिरियलका निर्देश्क एवम न्यु भिजन परमपरा युवा क्लबका अध्यक्ष सुशान्त मल्लले जानकारी दिनुभयो । त्यसैगरी अहिलेसम्म २ लाख रुपैयाँ सहयोग संकलन भइसकेको भन्दै उहाँले सवदाह गृह निर्माणका लागी झण्डै १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको यसै परम्परा सिरियलका निर्देशक एवम सल्लाहकार देबेन्द्र केसिले भताउनुभयो ।
अहिलेसम्म ४० प्रतिशत निर्माणको काम सम्पन्न भएको उहाँको भनाई छ । शवदाह गृह निर्माणमा स्थानियहरुले पनि श्रमदान गरिरहेका छन् । सो स्थानमा शवदाह गृह नहुदा विशेषगरी बर्खाको समयमा शव जलाउदा खेरी शव खोलाले बगाएर लग्ने समस्या थियो । उक्त स्थानमा शवदाह गृह निर्माण भएसँगै अब तुलसीपुरका ३ ,८,९ नम्बर वडाका स्थानियहरुलाई सहज हुने भएको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते शुक्रवार