२०८३ जेष्ठ ३१ गते सोमवार

गुरु जजुर नमुना माध्यामिक विद्यालयकी दृष्टीबिहिन शिक्षिका सान्ता शर्माले एकलाख बढिको अक्षयकोष स्थापना



दाङको तुलसीपुर–४ रक्षाचौरमा रहेको गुरु जजुर नमुना माध्यामिक विद्यालयकी दृष्टीबिहिन शिक्षिका सान्ता शर्माले एकलाख बढिको अक्षयकोष स्थापना गर्नुभएको छ । आफ्ना स्वर्गिय आमाबुबाको स्मृतिमा उहाँले सोही विद्यालयमा जनार्दन–पवित्रा’ स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो । अनाथ तथा टुहुरा बालबालिकाहरुलाई छात्रवृति प्रदान गर्ने उदेश्यले १ लाख १ हजार बराबरको अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो । उक्त रकमबा आएको ब्याजले अनाथ तथा टुहुरा बालबालिकाहरुमध्यबाट १ जना छात्र र १ जना छात्रा गरी २ जनालार्र्ई छात्रवृति प्रदान गरिने शिक्षिका शर्माको भनाई छ ।

सानैदेखी गरिब, दुखीलाई सहयोग गर्ने सोच रहदै आएकोमा अहिले सानो अक्षयकोष स्थापना गरी टुहुरा बालबालिकालाई सहयोग गर्ने अवसर पाउदा अत्यन्तै उत्साहित भएकोसमेत उहाँले बताउनुभयो । अक्षयकोषबाफतको एकलाख एकहजार रुपैयाँ आज एक कार्यक्रमकाबिच विद्यालयकी प्रधानाध्यापक विष्णु कुमारी के.सीलाई हस्तान्तरण गरिएको छ । यसअघि विद्यालयमा अन्य विभिन्न व्यक्तीहरुले अक्षयकोष स्थापना गरेपनी स्टाफमध्यबाट भने यो पहिलो अक्षयकोष भएको प्रअ विष्णु कुमारी के.सी बताउनुभयो । यसले गर्दा विद्यालयका अन्य शिक्षक शिक्षिकाहरुलाई पनि थप प्रेरणा प्रदान भएको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते सोमवार