२०८३ असार २ गते बुधवार

कता हरायो निर्वाचन कमिटी




तुलसीपुर, ३० माघ । दाङको तुलसीपुर-८ मा रहेको अश्वारा खानेपानी उपभोक्ता संस्थाको नयाँ कार्यसमिति अझै समिती चयन हुन अझै सकेन एक महिना हुन लाग्दा पनि अझैसम्म नयाँ समिति चयन हुन नसकेको हो । संस्थाका वर्तमान अध्यक्ष शिवहरि भण्डारी रहेको समितिले मिति २०८१/१०/५ गते साधारण सभा राखेको थियोे । उक्त सभाले समितिले पेश गरेको आर्थिक प्रतिवेदन पास गरेको थियो । सभाले खानेपानीमा योगदान गरेका ब्यक्तिलाई सम्मान पनि गरेको थियो । उपभोक्ताको माग अनुसार वर्तमान अध्यक्ष शिवहरि भण्डारी सहितको नयाँ समिति चयन गर्ने प्रयास गरेको थियो । जसमा अध्यक्ष शिवहरि भण्डारी उपाध्यक्षमा आशाराम भण्डारी, सचिव दोर्ण आचार्य र कोषाध्यक्ष लिलामणि बस्नेतलगायतको समितिलाई पुर्णता दिने प्रयास गरेको थियोे । तर बन्द सत्रमा अध्यक्षमा दुई जनाको नाम परे पछि सहमति हुन नसकेको हो । अन्य समिति सहमतिमा भए पनि अध्यक्ष पदमा शिवहरि भण्डारी र भुपेन्द्र डाँगि नाम आए पछि सभाले सहमतिको धेरै प्रयास गर्दा पनि सहमति हुन नसके पछि उक्त सभाले चक्र बहादुर भण्डारीको संयोजकमा निर्वाचन कमिटी चयन गरेको थियोे । जसमा संयोजक चक्र वहादुर भण्डारी सदस्यहरुमा महेन्द्र भण्डारी र तिलक बस्नेत रहनु भएको थियो । तर यो निर्वाचन समितिले एक महिना बित्न लाग्दा पनि अझै न चुनाव को मिति तोक्न सकेको छ न कुनै नयाँ निकास दिन सकेको छ । एक महिना बित्न लाग्दा कुनै पनि निकास दिन नसक्दा निर्वाचन समिति प्रति खानेपानी उपभोक्ता जनमानसमा किन यति ढिला भन्ने प्रश्न जिज्ञासा जगाएको छ । २०८१/१०/ ५ गते बसेको साधारणसभाबाट नै नयाँ समिति चयन नभए पछि वर्तमान समितिलाई नै काम चलाउ काम गर्न अधिकार प्रदान गरेको थियो ।।

प्रकाशित मिति : २०८१ माघ २९ गते बुधवार