
तुलसीपुरमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका ३ ठुला सम्वा निवासी पुस्कर खत्रीका १० वर्षका छोरा भुवन केसीको मृत्यु भएको छ
घरबाट १५ मिटर टाढा रहेको खलोमा खेल्ने क्रममा आफ्नै सहोदर दाजु १० वर्षिय शिशिर केसिले बन्दुक खेलाउने क्रममा भाईको कंचटमा गोलि लागेको प्रहरीले बताएको छ। घरमा लोड गरि राखाएको भरुवा बन्दुक बालकले खेल्न लगेका थिए। भुवन केसीको घटनास्थलमै मृत्यु भएको बताएको छ
प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३२८ पिस छर्रा र ४ वटा फलामका गोली बरामद गरेको छ। मृतकका दाजु र बाजेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८१ माघ २५ गते शनिवार