२०८२ जेष्ठ ८ गते बिहिवार

तुलसीपुरमा ठेकेदारको अर्को लुटधन्दा, ठेक्का बसपार्कमा, पार्कीङ सुल्क सडकमा



दाङको तुलसीपुरमा गाडीहरुबाट जथाभावी पार्कीङ सुल्क लिने गरेको पाइएको छ । तुलसीपुरको बसपार्कका ठेदेदारले आफ्ना प्रतिनिधि खटाएर बसपार्क बाहिर जथाभावी सडकबाट पार्कीङ सुल्क असुल्ने गरेको पाइएको हो
सल्यानका डिल्ली रावतले दाङ तुलसीपुरदेखी रोल्पा चल्ने गाडी चलाउनुहुन्छ । उहाँले चलाउने गाडी सल्यानरोड नजिकै रहेको बायुसेवा निगमको जग्गामा पार्कीङ हुन्छ । तर, बसपार्कका ठेकेदारले राखेका कर्मचारी सल्यान रोडमा बसेका हुन्छन् । उहाँबाट एकपटक रोल्पाका लागी छुटेबाफत ८० रुपैयाँ सुल्क लिन्छन् । जबकी उहाँको गाडी बसपार्कमा पार्कीङ नै हुदैन । तर, पनि अनावश्यक रुपमा उहाँले सुल्क तिरिहरनुभएको छ ।
उहाँ मा होइन बसपार्कका ठेकेदारले तुलसीपुर प्रवेश गरे मात्रै पनि जहाँ भटायो त्यही रोकेर गाडीबाट पैसा असुल्ने गरेका छन् । ठेकेदारले घुमाउरो तरिकाले आफुहरुबाट रकम असुल्दै आएको बारे गाडी चालकहरु नै अनविज्ञ छन् । तुलसीपुर आसपासबाट मात्रै होइन ठेकेदारले राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर–३ गोटीखोला लाहुरेचौरलगाएतका स्थामा बसेर पनि गाडीहरुबाट पार्कीङ सुल्कका नाममा पैसा असुली रहेका छन् । अर्को अचम्मको कुरा त के छ भने नेपालगञ्जदेखी सल्यान रुकुम जादै गरेका गाडीहरुबाटसमेत गोटीखोला लाहुरेचौरमा बथाना बसेर पार्कीङ सुल्क उठाउने गरेको पाइएको छ ।
नेपालगञ्जबाट सल्यान रुकुम जाने गाडीलाई तुलसीपुरको बसपार्क जान आवश्यक नै पर्दैन । उनीहरु अमेलिया तुलसीपुर सडकखण्ड हुदै सल्यान जाने क्रममा लाहुरेचौरमा पुगेर पार्कीङ सुल्क तिर्न परिहेको बताएका छन् । ठेकेदारको यो मनपरी देखेर स्थानिय नागरिकलाईसमेत चकित पेरका छन् । स्थानिय मान बहादुर राना ।
पार्कीङ सुल्क उठाउने ठेकेदारका प्रतितिनिधि पनि एकठाउँमा बसेको पाइदैन । कहिले तुलसुपुर कहिले सल्यान रोड कहिले गोडी खोलामा पार्कीङ सुल्क उठाइरहेको अवस्थामा उनीहरु भेटिन्छन् । यता बसपार्कको ठेक्का लिएका ठेकेदार भिम बहादुर बुढाथोकी रामुले भने आफुलाई बसपार्क बाहिर जहाकहीबाट पार्कीङ उठाउने अधिकार नगरपालिकाले दिएको दाबी गर्नुहुन्छ ।
बाहिरी जिल्लाबाट दाङको तुलसीपुर हुदै अर्को जिल्ला सल्यान रुकुम रोल्पा जादै गरेका गाडीहरुले पनि सडकमा हिडेबाफत पार्कीङ सुल्क तिर्नुपर्ने बाध्यता छ । यता तुलसीपुर उप–महानगरपालिकाले भने बसपार्कको ठेक्का लिएपछी बसपार्कमा पार्कीङ गरेपछी मात्रै ठेकेदारले पार्कीङ सुल्क उठाउन पाउने बताएको छ । बसपार्क भन्दा बाहिर पार्कीङ सुल्क उठाउन नमिल्ने भन्दै राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले बसपार्क भन्दा बाहिर गएर सुल्क उठाएकाबारे ठेकेदारसँग बुझेर सचेत गराउने बताउनुभयो ।
नगरपालिकाले बसपार्कको मात्रै ठेक्का दिएपनि ठेकेदारले बायुसेवा निगमको जग्गामा पार्कीङ गर्नेहरुबाटसमेत सुल्क उठाइरहेका छन् । यसरी एउटा बसपार्कको ठेक्का लिएर सिंगो तुलसीपुरबाट जथाभावी पार्कीङ सुल्क उठाउनु कत्तिको जाहेज हो

प्रकाशित मिति : २०८१ माघ २३ गते बिहिवार