२०८२ जेष्ठ ८ गते बिहिवार

त्रिदेव सेकेन्डरी बोर्डिङ स्कुल तुलसीपुर -७ दाङको वार्षिक खेलकुद कार्यक्रम २०८१ आज बेल्झुण्डीमा शुरू



तुलसीपुर -७, दाङ,
त्रिदेव सेकेन्डरी बाेर्डिङ स्कुल तुलसीपुर -७ दाङकाे वार्षिक खेलकुद कार्यक्रम २०८१ आज देखि प्रादेशिक रंगशाला बेल्झुण्डीमा शुरू भएकाे छ। विद्यालयमा रहेका ४ वटा हाउस ग्रुप सगरमाथा, कंचनजंगा, मकालु र अन्नपूर्णले मार्चपास गरेर कार्यक्रमकाे शुभारम्भ गरेका थिए। खेलकाे शुरूवात सिनियर परूष फुटवल टिम सगरमाथा र मकालु, अन्नपूर्ण र कञ्चनजंघा विच भएकाे थियाे भने जुनियर पुरूष फुटवल टिम मकालु र कञ्चनजंघा, सगरमाथा र अन्नपूर्णबिच प्रतिस्पर्धा भएकाे थियाे । यसै गरी दाैड तर्फ महिला र पुरूषकाे १०० मी. र २०० मी. प्रतियोगिता सम्पन्न भएकाे छ भने बाकी खेलहरू २१ र २२ गते सम्पन्न गरिने छ । कार्यक्रमकाे अध्यक्षता विद्यालकी नि. प्रधानाध्यापक पदमा शर्माले गर्नु भएकाे थियाे भने । खेलकाे सहजिकरण खेल शिक्षिका आरूषी गिरी, माेर्डग गिरी, पाेसन वली , सुवर्णा पुन, पुजा के.सी. विजया रेग्मी, विनु याेगि र विश्वास वि.एम.ले गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन संन्दिप वलीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ माघ १९ गते आइतवार