२०८२ जेष्ठ ३० गते शुक्रवार

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु



रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मेलतारीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ५७४२ नम्बरको डबल क्याप जिप गंगादेव गाउँपालिका-१, बिवाङ सडक खण्ड अन्तर्गत चैतेकाफल भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ।

घटनामा परि गाडिमा सवार सोही ठाउँका अर्जुन घर्तिका १४ वर्षका छोरा उमेश घर्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ

दुर्घटनामा परी घाइते हुनेहरुमा गंगादेव २ रहमाइकी १५ वर्षीय लक्ष्मी भण्डारी, त्रिवेणी ७ बजिवाङका २१/२२ वर्षीय बागबीर खत्री , गंगादेव १ विवाङचौरका १७ वर्षीय सोमन वली, १६ वर्षीय चन्द्रा डाँगी, १७ वर्षीय अनिता डाँगी, १६ वर्षीय बसन्ती डाँगी, १८ वर्षीय देवराज डाँगी, १५ वर्षीय भागिराम वली रहेका छन । घाइतेलाई उपचारको लागि माडी गाउँपालिका २ घर्तिगाउँमा पठाईएको बताएको छ

प्रकाशित मिति : २०८१ माघ ९ गते बिहिवार