पुस १०
अप्टिमिष्ट क्लब अफ तुलसिपुरको आयोजना एवं ९ नम्बर वडा कार्यालय तुलसीपुरको आर्थिक सहयोग साथै ट्राफिक प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी चौकी बेलुवाको समन्वय एवं प्राबिधिक सहयोगमा अप्टिमिश्ट क्लब अफ तुलसीपुरका बर्ष २०२४/२५ का अध्यक्ष एकराज भन्डारी, तुलसीपुर ९ नम्बर वडाका वडाध्यक्ष घनश्याम ढलालको प्रमुख आतिथ्यतामा तुलसीपुर ९ नम्बर वडा कार्यालय जाने बाटो, बेलुवा- अटो भिलेज जाने बाटो र दमारगाँउ जाने बाटोमा बिधालय क्षेत्र -गति सिमित लेखेको बोर्ड स्थापना साथै जेब्रा क्रसिङ निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।
बढदो सडक दुर्घटनालाइ न्युनिकरण गर्ने साथै पैदल यात्रु र बिद्यार्थी हरुलाइ जेब्रा क्रसिङबाट बाटो काटनुपर्छ भन्ने शिक्षा समेत प्रदान गर्ने उद्देश्य अनुरुप उक्त कार्य गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथी, घनश्याम ढकाल, समाजसेवी एवं युवा नेता मुक्ती न्यौपाने, अप्टिमिष्ट इन्टरनेशनल नेपाल डाइरेक्टर एवं निबर्तमान अध्यक्ष कमल सापकोटा, अप्टिमिष्ट इन्टरनेशनल नेपालका लेफ्टिनेन्ट गभर्नर एवं अप्टिमिस्ट क्लब अफ तुलसीपुर संस्थापक अध्यक्ष मान बहादुर बस्नेत लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त अबसरमा शुभकामना व्यक्त गर्ने बक्ताहरुले क्लबले छोटो समयमै गर्दै आएको कार्यप्रती उच्च मुल्यांकन गर्नु भएको थियो । उक्त कार्य एउटा संकेतात्मक भएको र अब स्थानीय पालिकाले ध्यान पुर्याउनु पर्ने समेत बक्ताहरुले बोल्नु भएको थियो । अप्टिमिष्ट कल्ब अफ तुलसीपुरका बरिस्ठ उपाध्यक्ष मेघराज घिमिरेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन महासचिव मेघराज पोख्रेलले गर्नु भएको थियो ।सम्पुर्णमा हार्दिक आभार एवं धन्यवाद प्रकट गर्दछु ।