
दाङको तुलसीपुर वडा न. ४ ठुलाखाली स्थित मोटरसाइकल दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ३ खमारीका १६ वर्षका दिपेन्द्र वलीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकलमा पछाडी सवार वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
अर्का मोटरसाइकलमा पछाडी सवार तुलसीपुर- ४ घोरनेटी बस्ने १८ वर्षका सन्दिप वलीको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । मोटरसाइकल चालक तुलसीपुर-४ कल्लेखोलाका १७ वर्षका गणेश खड्काको अवस्था भने मध्यम रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते आइतवार