२०८२ बैशाख २९ गते मङ्गलवार

त्रिदेव इङ्लिस बोर्डिङ स्कुलमा एकल नृत्य आयोजना



तुलसीपुर उपमहानगरपालिका वडा नं ०७ मा अवस्थित श्री त्रिदेव इङ्लिस बोर्डिङ स्कुलमा एकल नृत्य आयोजना गरिएको छ ।
यस त्रिदेव सेकेन्डरी इङलिस स्कुल तुलसीपुर -७ ले आयाेजा गरेकाे एकल नृत्य प्रतियोगितामा मा.वी. तर्फ छात्रा करीश्मा के.सी. प्रथम, आयुषा डाँगी दुतिय र युना श्रेष्ठ तृतीय भएका छन् भने प्रा.वि. तर्फ श्रृष्टी पुन प्रथम , आज्ञा के.सी. दृतिय र गरीमा वुढा तृतीय भएका छन् । कार्यक्रमकाे अध्यक्षता विद्यालयका प्रिन्सिपल मनाेज हमालले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे विशिष्ट अतिथिका रूपमा काइजन डान्स एकाडेमीका प्रशिक्षक सुलभ सिंह र अतिथीकाे रूपमा स.प्र. पदमा शर्माले आतिथ्य ग्रहण गर्नुभएकाे थियाे । कार्यक्रम सहजिकरण विद्यालयका लेखा प्रमुख सन्दीप वलीले गर्नु भएकाे थियाे भने त्यसैगरी विद्यामा प्रथम, दृतीय र तृतीय रहनु हुने छात्राहरूलाई ट्रफी , प्रमाणपत्र साथै नगद पुरस्कार विद्यालयका लेखाप्रमुख सन्दीप वली विद्यार्थीहरूकाे हाैसला स्वरूप प्रदान गर्नु भएकाे थियाे । कार्यक्रममा विद्यार्थीको नृत्यको मूल्यांकन डान्स टिचर निर्जला ठाडामगर, फनीन्द्रा न्याैपाने र पुर्ण लामा सरले गर्नु भएकाे थियाे ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते शुक्रवार