२०८१ माघ १ गते बुधवार

तुलसीपुरबाट नगदसहित ५ जना जुवाडे पक्राउ



तुलसीपुरबाट नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन् प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हिमाल टोलमा जुवा खेलीरहेको अवस्थामा नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको हो इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार गोविन्द आचार्यको घरको छतमा जुवा खेलीरहेको अवस्थामा नगद ९२ हजार १६५ सहित ५ जना पक्राउ परेका छन् तुलसीपुर–५ का ३१ वर्षिय तुलसीराम आचार्य, वडा नम्बर ६ का ३६ वर्षिय सुवास चौधरी, वडा नम्बर ११ का ६० वर्षिय केशर बहादुर केसी , दंगिशरण गाँउपालिका वडा नम्बर २ का ५१ वर्षका दिपक देबकोटा र सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ का ३४ वर्षिय दुर्गा बिष्टलाई पक्राउ परेका छन

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते शुक्रवार