२०८१ चैत्र ७ गते शनिवार

पर्सा जिल्लाको गाउँपालिका वडा अध्यक्षहरुको प्रथम भेला



पर्सा १५ मंसिर / पर्साको जिल्लाको गाउँपालिका वडा अध्यक्ष हरुको प्रथम भेला अाज ठोरी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ। गाउँपालिकाको वडअध्यक्ष हरुको प्रथम भेला ठोरी गाउँपालिकाको घ्याङडाडामा भएको भेलामा जिल्लाको सबै गाउँपालिका वडाअध्यक्ष हरुको हकहितको लागि एक जुट भएर बक्ता हरुको जोड रहेको थियो ।

बसेको भेलाफ बाट वडाअध्यक्ष बिजय गैरेको अध्यक्ष्ातामा एकता समाज नेपालको ११ सदस्यीय तदर्थ समिति चयन गरिएको छ।एकता समाज नेपालको उपाध्यक्षमा सुबास यादव ,सचिवमा दिपेन्द्र सिंह,कोषाध्यक्षमा अस्टबहादुर लोपचन,सह सचिवमा मोजामिल मियाँ ,सदस्य हरुमा ढेरी यादव,जयनारायण पटेल,बिपिन मुखिया,महादेव महतो थारु , जयप्रकाश चौरसिया लगायत ११ सदस्यीय तदर्थ समिति सर्बसहमत चयन गरिएको छ। भेला बाट सलाहकार समिति समेत चयन गरिएको छ।

सलाहकार समितिमा संजय चौहान ,अनोज चौरसिया,अमृत कृष्ण सापकोटा, संजय पटेल,रामसरण खवास ,फरमान मियाँ ,चिरञ्जीवी महतो थारु,लगायत चयन गरिएको छ। बसेको भेला अमृत कृष्ण सापकोटाको अध्यक्ष्ातामा सम्पन्न भएको छ। भेलामा १० वटा गाउँ पालिकाको वडा अध्यक्ष हरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शनिवार