२०८१ चैत्र ७ गते शनिवार

कलंकीको एक रेस्टुरेन्टबाट लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित दुई जना प्रहरी पक्राउ



कलंकीको एक रेस्टुरेन्टबाट लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित दुई जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा असई अनबहादुर पुन र प्रहरी जवान धीर बुढा रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको जनाएको छ पक्राउ परेकाहरुलाई अनुसन्धान गर्नका लागि बुधबार नै जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको एक अधिकृतले जानकारी दिए । छालाको पैसा ल्याउने युवक र अर्का एक बिचौलिया भने अहिले फरार रहेको प्रहरीले जनाएको छ ।उनीहरुले कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो छालाको पैसा लुटपाट गरेको आरोप लागेको छ

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बिहिवार