२०८३ असार १९ गते शनिवार

सल्यान रोडमा एक युवक माथि खुकुरी प्रहार



 सल्यान रोडमा एक युवक माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट रुकुम पश्चिम चौरजहारी नगरपालिका– ११ घर भै हाल तुलसीपुर बस्दै आउनु भएका ३३  वर्षका वीर बहादुर वली घाइते भएको प्रहरीले बताएको छ

सल्यानी होटलमा चिया खाँदै गरेका वलीलाई मोटरसाइकलमा आएका ५/६ जनाको समूहले ५ बजे  खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट वलीको टाउको, बायाँ हात र खुट्टामा गहिरो चोट लागेको छ । वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बिहिवार