२०८१ चैत्र ७ गते शनिवार

लायन्स कल्ब अफ बिरगंज सान्स्कृती गोल्ड द्वारा २ दिने चित्रकला प्रदर्शनीको आयोजना



।कार्तिक ९ आज बिरगंजको बिन्दवाशिनी होटेल एन्ड पार्टी पैलेसमा लायन्स कल्ब अफ बिरगंज सान्स्कृती गोल्ड द्वारा २ दिने चित्रकला प्रदर्शनीको आयोजना गरिएको थियो। सो कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेशमान सिंहले रिबन काटी शुभआरम्भ गरेका थिए।

विशिष्ट अतिथिकारुपमा बिरगंजको भारतीय महावाणिज्य दूतावासका दुत डि.एस मिना , बिरगंज बाणिज्य संघका पुर्व अध्यक्ष तथा बरिष्ठ उधोगपति अशोक बैध , पुर्व जिल्ला वन कार्यालय तथा बिन्दवाशिनी होटेल एन्ड पार्टी पैलेसका संचालक श्री राज नारायण जैसबाल , पीएम.सी. सी. का रमेश अग्रवाल , लायन्स कल्ब अफ बिरगंजका डि.एन अग्रवाल , लायन्स कल्ब अफ बिरगंज सान्स्कृती गोल्डकि अध्यक्ष रितिका जैसवाल लागायतका लाई खादा ओढाइ सम्मान गरिएको थियो । लायन्स कल्ब अफ बिरगंज सान्स्कृती गोल्डका लियो अनामिका , लियो खुशबु , लियो गोर्खाले सम्पुर्ण अतिथी एवं विशिष्ट अतिथीहरुलाई खादा ओढाइ सम्मान गरेका थिए।बरिष्ठ उधोगपति अशोक बैधले कार्यक्रम लाई सम्बोधन गर्दै धार्मिक सम्पदा सस्कृति र भौगोलिकता मात्रै नभई अब चित्रकला मार्फत पनि नेपाललाई चिनाउन बताएका थिए । हरेक भाषाले फरक फरक ठाउको प्रतिनिधित्व जोडने काम गरेको छ ।

हरेक सस्कृती र ठाउले त्यस स्थानको पृष्ठभुमि लाई दर्शाएको उनले बताए । सो कार्यक्रममा समाजसेवि , बुद्धि जिवि , उधोगपति , शिक्षकहरु , विभिन्न स्कुलका विद्यार्थी भाईबहिनीहरुको उल्लेखनीय उपस्थिति थियो। नेपालका रास्ट्रय गान लियो कल्ब अफ बिरगंजका अध्यक्ष रौनक जैसवाल , लियो पीयूष अग्रवाल , लियो तेजस अग्रवाल , लियो सुजाता अग्रवाल , लियो आदित्य अग्रवाल लगाएतहरु मिलेर मञ्चमा गाएका थिए। सो कार्यक्रममा विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरु एवं चित्रकारहरु द्वारा बनाइएको करिब १०० वटा फोटोहरु चित्रकला प्रदर्शनीमा राखिएको थियो। लायन्स कल्ब अफ बिरगंज सान्स्कृती गोल्डकि अध्यक्ष रितिका जैसवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। यो चित्रकला प्रदर्शनी भोलि ४ बजे समापन गरिनेछ भनी लायन्स कल्ब अफ बिरगंज सान्स्कृती गोल्डकि अध्यक्ष रितिका जैसवालले बताएका थिए।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते शुक्रवार