२०८१ असोज २८ गते मङ्गलवार

घिरौले नामले परिचित लेखान्त भुसालले ठूला पर्दाका कलाकारहरू राखेर हाँस्य टेलि सिरियल गजब छ बा प्रसारण गर्दै



असोज ०६ रमेश वलि

दाङमा जन्मेर विगत केही समयदेखि काठमाiडौँमा कर्मथलो बनाउनुभएका कलाकार लेखान्त भुसाल पछिल्लो समयका कलाकारिता क्षेत्रमा एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ। सानै उमेरबाट अभिनयमा रुचि राख्ने भुसाल स्कुल होस् या घर देखि नै स्कुलमा पढ्दा होस् या गाउँघरमा कुनै चाड पर्वमा होस् अथवा नाचगान नै होस् त्यहाँ उहाँ भुसाल पुगिहाल्नुहुन्थ्यो सधैँ उक्त भुसाल पुगेको ठाउँमा मनोरञ्जन पनि लिने मान्छेहरू त्यत्तिकै हुन्थे।
कुरा १६-१७ वर्ष पहिलेको हो जहाँ लेखान्त भुसाल आउने कुरा हुन्थ्यो त्यहाँ गाउँभरिका मान्छे जम्मा हुन्थे किनभने भुसालमा एक खालको अभिनयमा परिपक्क हुनुहुन्थ्यो। यसै बीचमा भुसाल गाउँमा जन्मे हुर्के गाउँघरमा हुने हरेक कार्यक्रमहरूमा अथवा मेला पाठहरूमा सहभागी भए यसैबीचमा भुसाललाई एक दिन काठमाडौँ आउने अवसर मिल्यो जुन अवसर उहाँले कल्पना पनि गर्नुभएको थिएन जब काठमाडौँ आउनुभयो उहाँको मेहनत उहाँको अभिनय उहाँको कलाकारिता क्षेत्र को लगाब देखेर कलाकारिता क्षेत्रका अग्रज व्यक्तित्वहरु हर्षित हुनुभयो सुरुवाती चरणमा दाङमा जन्मेर काठमाडौँमा पहिलोपटक पाइला टेकेका भुसाल भद्रगोल १६ भागबाट आफ्नो करियर स्टार्ट गर्नुभएको थियो। भद्रगोल भाग १६ बाट आफ्नो करियर बनाएका भुसालले फ्यान फलो धेरै पाएपछि मेरी बासैमा उनीलाई अनुबन्धित गरिएको थियो लामो समय मेरी बासैमा रहेर काम गरेका भुसालले पछि आफ्नै लेखन निर्देशनमा भावीको लेखान्त भन्ने टेलिसरियल को जन्म गराउनुभयो जुन भावीको लेखान्त सिरियल अहिले पनि युट्युबमा देख्न सक्छौ। जब भद्रगोल हुँदै मेरी बासैमा प्रवेश गरेका भुसालले आफ्नै लेखन निर्देशनमा भावीको लेखान्त प्रसारण गरे त्यसपछि उहाँको फ्यान फलो बढ्दै गइरहेको छ सुरुवाती चरणमा भद्रगोलदेखि मेरी बासै सम्म उहाँलाई प्रवेश गराउने पाडेको भतिज गोविन्द कोइराला (जयन्ते) र राजेन्द्र गिरी (गुन्द्रुक साँधेको )कलाकारहरूको मुख्य भूमिका रहेको छ जब उहाँको साथ सपोर्ट पाउनुभयो भुसालअहिलेसम्म पछाडि पर्नुपरेको छैन। किनभने उहाँ लेखान्त भुसाल नामले भन्दा पनि जब मेरी बासैमा प्रवेश गर्नुभयो उहाँको घिरौले क्यारेक्टरले उहाँलाई देशविदेशमा चिनाइरहेको छ
तसर्थ हामी यो बुझ्न सक्छौं कि भुसाल घिरौले क्यारेक्टरले कलाकारता क्षेत्रमा एक पोक्त व्यक्तित्व हुनुहुन्छ यो मात्र नभएर भुसाल नेपाली चलचित्रमा पनि अभिनय गरेको हामी देख्न सक्छौं भुसाल नेपाली चलचित्र क्षेत्रमा भने समावेश हुनु उहाँको प्रिय दाई( स्व)सन्दीप भुसाल हुनुहुन्छ लेखान्त भुसालले नेपाली चलचित्र क्षेत्रमा काली ,वीर ,बाचा जस्ता फिल्महरूमा अभिनय गरिसक्नुभएको छ। र यसै बीचमा उहाँको भावीको लेखान्त सँगसँगै पछिल्लो समयमा एउटा नयाँ सिरियल बजारमा तुरुन्तै आउन लागेको उहाँ बताउनुभएको छ।

उक्त सिरियलको नाम गजब छ बा रहेको उहाँले हामीलाई जानकारी दिनुभएको छ। उक्त गजब छ बा सिरियलमा भुसालकै लेखन निर्देशन रहेको छ भनेछ सह निर्देशन किशन बाबु बस्नेतको रहेको छ उक्त गजब छ बा स हाँस्य सिरियल रहेको भुसालले बताउनुभएको छ। साथै उक्त सिरियलमा कलाकारहरू मेरी बासैका पुरानो कलाकार रामचन्द्र अधिकारी( काजी बा) (पन्चेबा )जिरे खुर्सानीको पुरानो कलाकार सविता गुरुङ (ठुली) धर्मराज भट्टराई (स्याल बुढा) मुकुन्द मैनाली विनम खडेल (बिजुली) लेखान्त भुसाल( घिरौले) सबिना आचार्य( सबु ) रमेश बुढा मगर (बैकुण्ठे) सबिन घिमिरे रमेश वलि गणेश सुवेदी दीपक बोहरा अनिल घर्ती किशन बाबु बस्नेत लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। उक्त सिरियल अहिले चार भागसम्म सुटिङ सेट सकिएको र अबको केही समयमै युट्युबमा आउने भुसालले जानकारी दिनुभएको छ। सावित्रा फिल्मको प्रस्तुतिमा रहेको उक्त सिरियल को छायाङ्कन शिव बिक को रहेको छ भने सम्पादन सन्दिप चौधरी रहनुभएको छ । म्युजिक संगीतमा विनय कार्की रहनुभएको छ भने शब्द कृष्ण excube को रहेको छ व्यवस्थापनमा रमेश ओली अनिल घर्ती दीप बोहरा डोटी रहनुभएको छ।

प्रकाशित मिति : २०८१ असोज ५ गते आइतवार