असोज । दाङको तुलसीपुर–७ मा रहेको त्रिदेव सेकेन्डरी बोर्डीङ स्कुलले सवदाह निर्माणका लागी आर्थीक सहयोग गरेको छ । तुलसीपुर–३ को रानागाउँ सतिघाटमा निर्माण गर्न लागीएको सवदाह गृहका लागी १० हजार ५ सय ५५ रुपैयाँ आर्थीक सहयोग गरेको र निजि विद्यालयले पनि समाज सेवा गर्नुपर्छ भन्ने उदेश्यले गृह निर्माणका सहयोग गरेको तथा विगत देखिनै सामाजिक सेवामा लागेको विद्यालयका प्रिन्सीपल मनोज हमालले बताउनुभयो । उक्त स्थानमा स्थानिय युवाहरुले रकम संकलन गरेर सवदाह गृह निर्माण गर्ने अभियान सुरु गरेका छन् । सोही अनुसार सवदाह निर्माणमा केही सहयोग होस् भन्ने उदेश्यले सहयोग प्रदान गरिएको विद्यालयले जनाएको छ । स्थानियले सतिघाटमा सवदाह गृह निर्माण समिति गठन गरी सहयोग अभियान संचालन गरेका छन् ।
सो स्थानमा सवदाह गृहको अतिआवश्यकता रहेको भएपनि स्थानिय सरकारले निर्माणमा चासो नदेखाएपछी आफुहरु निर्माणमा जुटेको समितिका सचिव शंकर भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार सवदाह निर्माणका लागी करिब १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले सम्म २ लाख रुपैयाँ संकलन भैसकेको भन्दै सचिव भुषालले अन्य सहयोगीहरुले पनि सक्दो सहयोग गर्न अनुरोध गर्नुभएको छ । नपुगेको रकम निर्माण समितिले आफै व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।।