२०८३ असार १९ गते शनिवार

सखुवाप्रसौनी गाउँपालिका बाहेकको पालिकाको बजेट रोका, बुझाएनन गाउँ सभा सम्पन्न विवरण, बजेट निकासा नहुँदा कर्मचारी मारमा



पर्सा जिल्लाका १४ वटा पालिकामध्ये सखुवाप्रसौनी गाउँपालिका मात्र बजेट निकासाको सूचीमा परेको छ भने अन्य १३ पालिकाले नगर/गाउँ सभा सम्पन्न गरे पनि आवश्यक विवरण मन्त्रालयमा अद्यावधिक नगर्दा बजेट निकासा हुन सकेको छैन ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका अनुसार, सखुवाप्रसौनीबाहेक अन्य पालिकाहरूले नगर/गाउँ सभा सम्पन्न गरेको विवरण र योजनाहरूको सूची मन्त्रालयमा पठाउन ढिलाइ गरेका कारण कोलेनिकामार्फत अनुदान सहयोग प्राप्त हुन नसकेको हो । वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी  नगरपालिका र बहुदरमाई नगरपालिका त्यसैगरी  विन्ध्यवासिनी गाउँपालिका, धोबिनी, छिपहरमाई, पकाहामैनपुर, जगरनाथपुर, ठोरी, जीराभवानी, पटेर्वासुगौली, कालिकामाई गाउँपालिका गरी १३ वटा पालिकाले नगर/गाउँ सभा गरे, बजेट बनाए तर वडा र नगरस्तरीय बजेट कुन शीर्षकमा कति नछुटयाएकाले हालसम्म १३ वटा पालिकाकाे बजेट निकासा दिएकाे छैन्र ।

बजेट निकासा नहुँदा वीरगंज महानगरपालिका र पोखरिया नगरपालिकाका स्थायी, करार, र दैनिक ज्यालादारी कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन् । बजेट नआउँदा महानगरका तीन सयभन्दा बढी कर्मचारीहरू तलबविहीन छन् भने गत वर्षदेखि अवकाश पाएका ४० जना कर्मचारीको उपदानबापत करीब आठ करोड रुपैयाँ बक्यौता रहेको छ ।

मन्त्रालयले नगररगाउँ सभा सम्पन्न गरेको विवरण प्राप्त नगरेकाले बजेट निकासा गरेका छैनन् ।  जसले गर्दा पालिकाहरूको नियमित प्रशासनिक कार्यसमेत प्रभावित भएको छ। मन्त्रालयको वेबसाइटमा पालिकाहरूको विवरण अद्यावधिक भएपश्चात मात्र बजेट निकासा हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते सोमवार