
भदौ २१ । लुम्बिनी प्रदेशको दाङस्थित तुलसीपुर ४ मा रहेको ठुलाखाली कृष्ण शिव गणेश मन्दिर व्यवस्थापन समितिको आयोजनामा विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम सहित महिलाहरूको महान चाड हरितालिका तीज भव्य रूपमा सम्पन्न गरिएको छ ।
मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागितामा आयोजित तीज विशेष कार्यक्रममा तीज लक्षित नाच गान गरिएको थियो ।
आयोजित कार्यक्रममा समाजका अगुवा व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो भने उक्त अवसरमा मन्दिरस्थित चर्खे पिङ्ग स्थायी (फलामको ) निर्माण गर्ने पुण्य कार्यमा विभिन्न समाजसेवी समाजसेवीहरुबाट सहयोग आह्वान गरिएको थियो ।
समाजसेवी बसन्त क्षेत्रीले सहयोग रु. ११,५५५/- प्रदान गर्नु भएको थियो ।
प्रकाशित मिति : २०८१ भाद्र २० गते शुक्रवार