मृगौलामा समस्या भएर उपचार गराइरहेका तुलसीपुर–९ अस्वाराका सन्दिप डाँगीको उपचारका लागी आर्थीक सहयोग प्रदान गरिएको छ सुगर हुदै मृगौलामा इन्फेक्सन भएका डाँगीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ आर्थीक अवस्था कमजोर हुदा उपचारमा समस्या भएपछी युवाहरुको समुहले रकम उठाएर सहयोग गरेको हो । देश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको ६८ हजार ७ सय रुपैयाँ आज अस्पतालमै गएर विरामीका बुबा बिजय डाँगीलाई हस्तान्तरण गरिएको तुलसीपुर–३ का युवा शंकर भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार यो रकमले थोरै भएपनि विरामीको उपचारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ । मृगौला रोगबाट ग्रसित डाँगीको उपचारमा आर्थीक समस्या भएपछी सहयोग संकलन गरेर प्रदान गरिएको तुलसीपुर–८ का युवा श्रीधर साहुले बताउनुभयो । शंकर भुषाल र श्रीधर साहुको पहलमा सो सहयोग रकम संकलन गरिएको हो ।।
प्रकाशित मिति : २०८१ भाद्र ८ गते आइतवार