साउन २९ , तुलसीपुर /
नेकपा एमाले तुलसीपुर वडा न. ३ को वैठक दमारगाँउमा सम्पन्न भएको छ । नगर अधिवेशन तयारीका लागी बसेको वैठकले साउन महिना भित्रै पार्टि सदस्यता नविकरण गरि सक्ने निर्णय गरेको छ । वडा कमिटिका अध्यक्ष लिलाधर खरेलको अध्यक्षतामा बसेको वैठकमा वोल्दै प्रदेश सचिवालय सदस्य हुकुम बहादुर बस्नेतले पार्टि संगठन र समाजको समृद्धि नै राजनितिको मुल मिसन रहेको बताउनुभयो । जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले मिसन ८४ सफल बनाउन सामुहिक रुपमा काममा लाग्न आग्रह गर्नुभयो । सचिव स्याम डाँगीले नगर अधिबेशनको तयारीलाई विशेष ध्यान दिन अनुरोध गर्नुभएको छ
दल बहादुर गुरुङको स्वागत मन्तब्य बाट सुरु भएको वैठकमा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मेघराज भुसाल,मंगल चौधरी, नेता विजय विक, जिल्ला सदस्य वडा ईञ्चार्ज मंगल विक , नगर सचिव रुप बहादुर खत्री, उपसचिव छवि खरेल लगाएतले वोल्नुभएको जिल्ला प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिनुभयो थियो । वैठकको सहजीकरण सचिव हिरा विकले गर्नुभएको थियो ।








