
पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन् । बसका सहचालक आरती विकको मृत्यु भएको बताइएकाे छ । बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए । घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उक्त बसमा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलका विद्यार्थी सवार थिए।
प्रकाशित मिति : २०८१ साउन १३ गते सोमवार