२०८१ माघ २४ गते शुक्रवार

रुकुम बाँफीकोट का बर्ष ३० का दिपक वलिको अमेरिकामा गोली हानेर हत्या



साउन १४

अस्टीन सिटीको नजिक “वाको” भन्ने ठाउमा स्टोर लुट्न आएका लुटेरा हरुले चलाएको गोली लागेर रुकुम बाँफीकोट गाउपालिका वार्ड न ९ झुलागाउँका बर्ष ३० का दिपक वलिको मृत्‍यु भएको छ।  ३० बर्षिय दिपक ओलीलाई स्टोर भित्रै गोली हानेर हत्याराहरु भागेका थिए।दिपकले काम गर्ने स्टोर २४ सै घण्टा खुला रहने स्टोर हो । दिपक त्यस दिन रातीको सिफ्टमा काम गरी रहेका थिए ।दिपकको परिवारमा बुबाआमा दुई भाईहरु, एक बहिनी, श्रीमति र एक ५ बर्षकि छोरी रहेको टेक्ससमा रहेका दिपकका मामाका छोरा मोहन कुसारीले जानकारी दिनुभयो।  दिपक एक बर्ष पहिला मात्र अमेरिका आउनु भएको थियो । दिपकले काम गर्ने स्टोर संचालक भारती मुलका ब्यापारी रहेका छन ।

प्रकाशित मिति : २०८१ साउन १३ गते सोमवार