
जुगार /२०८१ साउन १३
त्रिवेणी गाँउपालिका न्यायिक समिति जुगार रोल्पाले ७० वर्ष पुरानो विवादलाई समाधान गरेको छ ।
रोल्पा जिल्ला त्रिवेणी गाँउपालिका वडा नं. ६ मजुवामा रहेको विभिन्न कित्ता नम्बर भएको जग्गाको विषयमा स्वर्गीय बलजित पुन र हरिभक्त खड्काबीचमा वि.स. २०१२ साल देखिनै विवाद हुदै आएको एक अर्काले आ-आफ्नो दावी गर्दै विभिन्न अड्डा अदालतमा मुद्धामामिला गर्दै आएको र दुवै पक्षबीच मिलापत्र नहुदा हालसम्ममा पनि जग्गाको लालपुर्जा प्राप्त गर्न नसकेको हुदाँ उक्त विवादलाई समाधान गर्न त्रिवेणी गाँउपालिका न्यायिक समिति संयोजक लेखमणी डाँगी र त्रिवेणी त्रिवेणी गाँउपालिका वडा नं. ३ का समाजसेवी शोभाराम राणा , त्रिवेणी गाँउपालिका वडा नं. ५ का समाजसेवी रामप्रशाद राणा र त्रिवेणी गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेन्द्र भण्डारीको सहजीकरण तथा रोहवरमा उक्त मुद्धाको समाधान गरिएको उजुरी प्रशासक धरेन्द्र प्रशाद डाँगीले जानकारी दिनुभएको छ ।
विवाद समाधान पश्चात दुवै जनाले एक अर्कामा सौहार्दपुर्ण तरिकाले हात मिलाउदै उत्साहका साथ विवाद समाधानको खुसि समेत साट्नु भएको छ ।