नवनियुक्त मधेस प्रदेशका भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री उनको गृह जिल्ला पर्सामाज भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पर्सा आइ पुगेका मन्त्री क्षेत्री लाइ नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् ।
मधेस प्रदेशको राजधानी जनकपुर बाट सडक मार्ग हुदै पर्सा आइपुगेका मन्त्री क्षेत्री लाई नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले फुलमाला र खादा लगाएर स्वागत गरेका हुन् । मन्त्री क्षेत्री लाइ स्वागत गर्न बिहानै घन्टाघर कार्यकर्ता तथा शुभचिन्तकहरु लगायत नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी पुगेका थिए ।
त्यस्तै मन्त्री जनार्दन सिंह क्षेत्रीको सम्मानमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । नेपाली कांग्रेसका कार्यबाहक सभापति राम नारायण कुर्मीको अध्यक्षतामा आज स्वागत तथा सम्मान कार्यक्रमको आयोजना समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै कार्यबाहक सभापति राम नारायण कुर्मीले मधेस प्रदेशका जनताको सेवा गर्न नेपाली कांग्रेस लाई अवसर पाएकोमा यस अवसर लाई बढी भन्दा बढी सदुपयोग गर्न उनले आग्रह गरेका छन । यस्तै कृषि मन्त्री समेत बनेका जनार्दन सिंह क्षेत्री लाई कृषि उत्पादनमा मधेस प्रदेश लाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याउनु पर्ने बताए । पर्सा जिल्ला बाट मन्त्री बनेका उनलाइ स्वागत तथा सम्मान गर्दै सफल कार्यकालको बधाइ समेत दिएका थिए ।
मन्त्री जनार्दन सिंह क्षेत्रीले आफू मात्र मन्त्री बन्नका लागि नाअएको बताए । मन्त्रालयका सचिव तथा निर्देशकहरु लाई कृषिमा क्रान्ति ल्याउनका लागि नंया नंया योजनाहरु बनाउन निर्देशन दिएको बताए । त्यस्तै उनले नेपालमा रहेका सातै प्रदेशमा मधेस प्रदेश लाई कृषिमा नमुना प्रदेशको रुपमा विकसित गर्न प्रयासरत रहेको बताए ।
आज भएको स्वागत तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेका उपसभापति अशोक गुप्ता सचिव दिनेश चौधरी , नवीन सिंह मदन यादव लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका सचिव तथा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले गरेको नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार प्रसार विभागका सदस्य राहुल गुप्ताले जानकारी गराएका छन ।
पर्सा क्षेत्र नं ३को क निर्वाचन क्षेत्र बाट निर्वाचन जिति प्रदेश सांसद बनेका जनार्दन सिंह क्षेत्री पहिलो पटक मधेस सरकारको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री बन्ने अवसर पाएका हुन ।