२०८१ माघ ५ गते आइतवार

जोखिम न्यूनीकरण गर्नका लागि वृक्षारोपण गर्न आवश्यक छ ः गेहेन्द्र गिरी



साउन ०६

४२ औ स्मृति दिबसको अबसरमा तुलसीपुर वडा न ३ को विभिन्न स्थानहरुमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ को शिव मन्दिर परिसरमा समेत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। वृक्षारोपणमा कार्यक्रमका प्रमुख अतिथि गेहेन्द्र गिरी ले एक जोडी वर र पिपलको बिरुवा रोपेर उद्घाटन गर्दै कार्यक्रम सुरु भएको थियो। नेपाली कांग्रेसका के्न्द्रीय सदस्य समेत रहेका गेहेन्द्र गिरी ज्युको प्रमुख आतीथ्यमा बृक्षारोपण कार्यक्रम भयको कार्यक्रममा तीन नम्बर वडाका पार्टी सभापति झुपलाल ओली शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर महतरा सहित स्थानीयवासीहरू पार्टीका कार्यकर्ताहरू को उपस्थित रहेको थियो।


नेपाली कांग्रेसका संपूर्ण पार्टी कार्यकर्ता हरुको उपस्थितिमा उक्त कार्यक्रम गरीयको छ । कार्यक्रममा बोल्ने व्यक्तिहरूले हरियो बन नेपालको धन धन भनेझैँ वृक्षारोपण हरियाली वातावरण मानव स्वास्थ्यका लागि अति नै महत्वपूर्ण रहेको बताएका थिए। जङ्गल विनाश हुँदै गइरहेको छ भुच्छे बाढी पहिरोहरूले दिनप्रतिदिन धनजनको क्षति वनजङ्गल सकाप पार्दै गइरहेको छ। त्यसकारण यसको जोखिम न्यूनीकरणको लागि वृक्षारोपण गर्न एकदमै आवश्यक रहेको पनि बताउनु भयको थियो उक्त वृक्षारोपण कार्यक्रमको सहजीकरण वनमाहासनका लुम्बिनी प्रदेश सदस्य खेमलाल महतराले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८१ साउन ५ गते आइतवार