२०८२ साउन १ गते बिहिवार

मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु



मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु

दाङ । दाङको घोराहीमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१६ निवासी ३८ वर्षिय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार घोराही बजारबाट सर्रा तर्फ जाँदै गरेको लु ४५ प ७४२५ नम्बरको मोटरसाईकलले सर्रास्थित सुप्रिद्धि टाटा स्वरुम नजिकै सडकमा हिडिरहेका पोख्रेलाई शुक्रबार साँझ साढे ९ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शनिवार