
जाँदा जाँदै आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री लामिछानेले भने-
‘जाँदा जाँदै म यति भन्न सक्छु । देशमा परिवर्तन चाहिएको भए, यदि जे चलिरहेको छ त्यो सही भइदिएको भए, जुन संयन्त्र चलिरहेको छ त्यही नै भइदिएको भए हामीले दैनिक गाली गलोज खाएर, आलोचना सहेर, अनेक किसिमका लाञ्छना सहेर यसरी नयाँ पुस्ता आउनुपर्ने थिएन । अर्थात नयाँ पुस्ताको यो आगमन व्यक्ति को हुन्छ थाहा छैन तर संयन्त्रका रूपमा राज्य संयन्त्रका रूपमा जर्वजस्त हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन भैसकेको छ ।
प्रतिपक्षमा छु यसपटक विशेष जिम्मेवारीका साथ हुनेछ किनकी दुई ठूला दलहरु मिलेका छन् । आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा (नजर), मेरो मन २४ घन्टा रहिरहनेछ । गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’
प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार