पंचगाका ( पर्सा ) । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर दुईवटा यात्रुवाहक बस खसेको घटनामा खोजी फेरि सूरु भएको छ । बाह्र घण्टापछि पनि त्रिशूलीमा खसेका बसको कुनै सङ्केत नभेटिएपछि राति भएपछि शुक्रबार खोजी स्थगित गरिएको थियो ।
त्रिशूली नदीमा खोजी तथा उद्धारकार्यका लागि सुरक्षाकर्मीहरू परिचालित भएका छन् । निरन्तरको वर्षाले गर्दा त्रिशूली नदीमा पानीको प्रवाह तीव्र भएका कारण खोजतलासमा समस्या छ ।
घटना भएको २८ घण्टा बितिसकेको छ । तर, कुनै यात्रु भेटिनु त परको कुरा पहिचान वा संकेत समेत भेटिएको छैन ।
सडकबाट त्रिशूली नदीमा खस्दा बेपत्ता भएका यात्रु र बसको हालसम्म कुनै सङ्केत भेटिएको छैन । शुक्रबार बिहान झन्डै ३ः३० बजेतिर दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर हराइरहेको छ ।
शुक्रबार दिउँसो झन्डै ४ः३० सम्म उद्धारकर्मीहरूले चुम्बक प्रयोग गरेर खोज्दा पनि सफलता नमिलेको चितवनाका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।
उनका अनुसार नदीमा पानीको सतह दुई मिटरले घटे पनि पानी धमिलो भएकाले गोताखोरहरू धेरै भित्र पस्न सकेनन् । त्यसपछि चुम्बक प्रयोग गरिएको थियो ।
पहिरोले बगाएर नदीमा पुर्याएका दुई बसमध्ये एउटा वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको र अर्को काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बताइएको छ।
पर्साको वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा थियो । काठमाडौबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा २७ जना यात्रु थिए । बसमा कम्तीमा ६० यात्रु रहेको अनुमान छ । गौरतर्फ जान लागेको बसका तीन यात्रु जीवितै फेला परेका थिए ।








