२०८२ बैशाख २९ गते मङ्गलवार

तुलसीपुर उपमहानगरपालिका–३ गोठी खोलाले बगाउँदा ५१ वर्षीय ताराकुमारी गुरुङको निधन



तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । सो वडास्थित रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको खोला पार गर्ने क्रममा बगेर मृत्यु भएको हो ।

शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको वडाध्यक्ष वीरबहादुर विश्वकर्माले बताउनुभयो । वडाध्यक्षका अनुसार खेतमा काम गर्दै गर्दा सोच गर्न खोला किनारमा गएको समयमा एक्कासि आएको बाढी बगाउँदा महिलाको मृत्यु भएको हो । अविरल वर्षाका कारण खोलामा बाढी आएको छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार