२०८२ असार २८ गते आइतवार

जिप दुर्घटनामा सात जनाको मृत्यु नाम सहीत



मृत्यु हुनेमा एक नाबालक पनि रहेका छन् । घटनामा १० जना घाइते भएका छन् ।रोल्पाको माडी गाउँपालिका ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङका जुनमाया खड्का र खडकबहादुर डाँगी, दाबाङकी अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सीकी रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्‍याइएका माडी गाउँपालिका–३ दाबाङका झुपलाल डाँगीको पनि मृत्यु भएको छ ।

यस्तै उपचारका क्रममा रहेका पुर्‍याइएका माडीका झुपलाल डाँगी र एक महिलाको मृत्यु भएको हो । महिलाको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार