२०८१ पुष २८ गते सोमवार

लायन्स क्लव अफ दाङ क्यापिटलको आयोजनामा अमृतपुर खानेपनि परिसरमा वृक्षरोपण



रमेश वलि

दाङ, १७ असार । लायन्स क्लव अफ दाङ क्यापिटलको आयोजनामा तुलसीपुर-९ मा रहेको अमृत पुर खानेपनि तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । वातावरणीय सन्तुलन बिग्रिन नदिन तथा स्वच्छ वातावरणमा बनाउने उदेश्यल उक्त परिसरमा वृक्षरोपण गरिएको हो ।

मानव र वृक्ष बीचको सम्बन्ध प्रगाढ छ जो एक बिना अधुरो छ : बाँचुन्जेल अक्सिजन प्राप्त गर्नको लागि पनि रुख विरुको आवश्यक पर्ने भएकोले उक्त परिसरमा विरुव रोपेको क्लबका अध्यक्ष दीपक केसीले बताएका हुन । विभिन्न प्रजाति का बिरुवा हरु सितलचिनी, जामुना, मसला, बकाइनो, चिउरी, विजयसाल, टीक, जामुना, धुपी लगायत ४ दर्जन बढी बिरुवाहरू रोपिएको छ । रोपिएको बिरुवा हरुलाई संरक्षण गर्न क्लवले निरन्तरता दिने सचिव प्रकाश भुसालले बताएका छन ।
कार्यक्रममा कार्यालय प्रमुख शुसिल काफ्ले वन डिभिजन कार्यालयका तुलसिराम काफ्ले लगायतकाले वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पुर्याउने बताएका हुन । ठाउ उपल्बध बनाइ दिने अमृतपुर खानेपानीलाई क्लवले विशेष धन्यवाद दिएको छ । क्लवले वातावरण, स्वास्थ्य, प्राकृतिक प्रकोप, राहत उद्धार तथा विभिन्न खालका सामाजिक कार्यहरू गर्दै आईरहेको संस्थाका उपाध्यक्ष भीम ओलीले जानकारी दिएका छन

प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार