२०८३ जेष्ठ ३० गते आइतवार

रोल्पाको माडिगाउँपालिका ३ परेवा छहरा जिप दुर्घटनामा हुँदा ८ जनाको मृत्यु



रोल्पाको माडिगाउँपालिका ३ परेवा छहरा जिप दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको छ ।
माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ज्यान जानेको संख्या ८ जना पुगेको रोल्पा प्रहरीले जानकारी दिएको छ । थप जानकारी आउन अझै बाँकी छ । मृतक कसैको पनि पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा घाइतेहरूको अवस्था चिन्ताजनक छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार