विनोद मण्डल, आषाढ १३ । सिराहा प्रहरीले प्रतिबंधित लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सीमावर्ती क्षेत्र अन्तर्गत बरियारपट्टी गाउँपालिका वडा नं. ३ हवल्दार चौकमा ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बरियारपट्टीबाट सुखिपुर जाने यात्रुवाहक टेम्पुबाट लागू औषधसहित एक जनालाई पक्राउ गरिएको छ ।
टेम्पुमा सवार उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ४ का २१ वर्षिय मुकेश मल्लिकलाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको झोला भित्र लागुऔषध फेला पारी लागूऔषध सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार १३ गते बिहिवार