
असार १० “हाम्रो अग्रज नेतालाई विश्राम दिनेहो देश बनाउने हो भने उम्मेदवार अब पैसा, पावर होईन भएको लाई होईन अब जान्नेलाई छानौ हाम्रो लाई होईन राम्रो लाई छानौ” भन्ने मुल नाराका साथमा अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीले केही समयदेखि देशभर सक्रिय रहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कारण चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय केही चर्चामा आएको छ यसैबीचमा देशभर फैलिएको राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्लामा पनि त्यत्तिकै मजबुत र जिम्मेवारशील पार्टी बनेको छ यसै बीचमा दाङ जिल्लामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कमिटीहरू चयन भएको थियो। केही समय अगाडि चयन भएको कमिटीमा विभिन्न पदाधिकारीहरू चयन गरिएको थियो। साथै केही पद खाली रहेको पदमा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई नियुक्ति गर्दै आइरहेको छ। यसैबीचमा त्यसै बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी जिल्लाको सचिव पद खाली रहेको थियो उक्त खाली पदमा राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ का सभापति सुमन विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्लाको सचिव पदमा नियुक्ति हुनुभएको छ २०८१/०३/०४ गते बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटीको खाली रहेको सचिव पदमा विश्वकर्मालाई नियुक्ति गर्ने निर्णय गरेको हो साथै उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश गुनासो विभाग प्रमुख त्यसैगरी दाङ जिल्लाका तीनवटै क्षेत्रका क्षेत्रीय सभापति लगायतको उपस्थिति रहेको थियो। उक्त प्रमुख व्यक्तिहरूको उपस्थितिमा विश्वकर्मालाई नियुक्ति गर्ने निर्णय गरेको हो। नियुक्ति भएसँगै विश्वकर्माले अब थप जिम्मेवारी बढेको र जिम्मेवारी बहनका साथ आफू सधैँ पार्टी र देश जनताको लागि खटिरहने समेत बताउनुभएको छ। विश्वकर्मा पछिल्लो समयमा राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय समेत हुँदै आउनुभएको छ।