प्रवासी नेपाली मञ्च पोर्चुगलले यही २४ जुनमा छैटौं राष्ट्रिय अधिवेशन गर्ने घोषणा गरेको छ । नेकपा ( एमाले) निकट नेपालीहरुको प्रवासी संगठन प्रवासी नेपाली मञ्च पोर्चुगलले अधिवेशन भव्यताको साथ सम्पन्न गर्नको लागी पुर्ब तयारी तथा विविध विषयमा छलफल पनि सम्पन्न गरि सकेको छ ।
प्रवासी नेपाली मंच पोर्चुगलको छैटौं अधिवेशनको पुर्ब सन्धयामा अधिवेशन तयारी छलफलमा सहभागीहरुले अधिवेशनलाई भव्यताको साथ सम्पन्न गर्नको लागीआ-आफ्नो ठाउबाट यथासम्भव सक्रिय रुपमा लागी पर्ने सहभागी तथा एनआरएनए पोर्तुगलको उपाध्यक्ष शिव सागर वुढाथोकीले वताए ।
अधिवेशन पोर्तुगलको लिस्वनमा हुने जानकारी सहभागी मिलन रेग्मीले दिएका छन । प्राप्त जानकारी अनुसार २४ जुन २०२४, सोमबार दिनको २:३० बजे अधिवेशन सुरु हुने छ । लिस्वनको मार्केस पम्वल नजिकै रहेको Betania Restaurante & Bar अधिवेसन स्थान रहेको र ठेगाना Rua Camilo Castelo Branco nº 4, 1150-084, Lisboa रहेको जानकारी मिलन रेग्मीले दिएका छन । अधिवेशनम सहभागी हुन प्रवासी नेपाली मञ्च पोर्चुगलले सम्पूर्ण पोर्तुगल बासी नेपालीहरुलाई अनुरोध गरेको छ ।