२०८१ माघ ५ गते आइतवार

दिव्य कुञ्ज एकेडेमीमा योग शिक्षा कार्यक्रम सम्पन्न




असार ७, दाङ/ तुलसीपुर-७ मा अवस्थित , दिव्य कुञ्ज एकेडेमीले
विद्यार्थीहरूको पढाइको सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट उनीहरुको मनोबल बढाउने उद्देश्यले एक दिने योग शिक्षा एवम् उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ ।


आज १० औं अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको बिधालयले जनाएको छ ।

कार्यक्रम प्रमुख प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारीरिक रुपमा स्वस्थ राख्न योगको महत्त्वको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

बिधालयले कक्षा शिशु देखि कक्षा १० सम्मका विद्यार्थी एवम् शिक्षकलाई शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिदै सहभागीहरुलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाहरुबारे जानकारी
दिइएको थियो ।


बिधालयका प्राचार्य कुलानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिधालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ असार ७ गते शुक्रवार