२०८१ माघ ५ गते आइतवार

बस दुर्घटनामा तीन जनाको मृत्यु



बस दुर्घटनामा तीन जनाको मृत्यु अन्य घाईते ।।। विनोद मण्डल, आषाढ ६ । सर्लाहीको बागमतीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चौकमा बिहान दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको भने अन्य १७ जना घाइते भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गमा तिब्र गतीमा गुडिरहेको बसले भारतीय ट्रकलाई ओभर टेक गर्न खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ७ गते शुक्रवार